बाजुरामा आज ट्रक पल्टिदा बाँकेका दुईजनाको मृत्यु

516

बाँके मंसिर २३ गते ।
बाजुरामा आज ट्रक पल्टिदा बाँकेका दुईजनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट खुद्रा सामान बोकेर हुम्ला जाँदै गरेको भे १ ख ३४६८ नम्वरको ट्रक बाजुराकोे जगन्नाथ गाउँपालिका–६ काप्री स्थित गर्जेगाड भिरबाट खसेर दुर्घटनामा परेको नेपालगन्ज ट्रक प्रालिका अध्यक्ष महेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा बैजनाथ गाउँपालिका–१ चिसापानी बाँकेका ट्रक चालक मोहन जोशी र कोहलपुर नगरपालिका–१० का सहचालक विपी शाहीको मृत्यु भएको छ ।

५० लाखबढी सामान बोकेर जाँदै गरेको मालबाहक ट्रक विहान ६ बजेतिर ब्रेक फेल भएर भीरबाट खसेको बताइएको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।