बसबाट ओर्लने क्रममा किचिएर एकजनाको मृत्यु

122

जनकपुरधाम मंसिर २९ गते ।
बसाबाट ओर्लिने क्रममा सोही बसले किच्दा जनकपुरमा एकजनाको मृत्यु भएको छ ।

जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले किच्दा अन्दाजी ६० वर्षकी महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

ना ३ ख २६१० नम्बरको बस महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आएको हो। बसपार्कमा छिर्न लागेका बेला बसबाट ओर्लेकी महिला अगाडिमा आएकोले चालकले नदेख्दा दुर्घटना भएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

मृतक महिलाको नाम र ठेगाना खुल्न सकेको छैन्। ठक्कर दिने बसका चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीका ३३ वर्षीय मो. फिरोज नदाफ प्रहरीको नियन्त्रणमा छन्।