ट्रकको ठोक्करबाट एकको मृत्यु

144

बाँके पुस ५ गते ।
नेपालगन्ज–कोहलपुर सडकखण्डको गोल्छा नजिकै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ००८८ नम्बरको ट्रकले पैदल हिंडिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का ६० वर्षीय मनबहादुर केसीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।