गुल्म अगाडि भयानक दुर्घटना, ट्रकले मोटरसाइकल किच्यो

600

बाँके पुस ७ गते ।
नेपालगन्जको पुष्पलाल चोक नजिकै रहेको गुल्म अगाडि आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका–३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई अपरान्ह साढे चार बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते हुनुभएको थियो ।

घाइतेलाई नरसिंह होम अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएको छ ।