ग्रीसमा भएको दुर्घटनामा कैलालीका एकको मृत्यु

50

काठमाडौं पुस ८ गते ।
गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चारजना नेपालीमध्ये एकजना कैलालीका परेका छन् ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको मृत्यु भएको हो ।

अन्य तीन जना भने पूर्वी नेपालका हुन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले ती शवलाई नेपाल पठाउने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।