सुदूरपश्चिम प्रदेशमा साढे ७ अर्ब सहुलियत कर्जा प्रवाह

34

काठमाडौं पुस ११ गते ।
सुदूरपश्चिम प्रदेशमा साढे ७ अर्ब सहुलियत कर्जा प्रवाह भएको छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेअनुसार प्रदेशमा साढे ७ अर्ब सहुलियत कर्जा प्रवाह भएको हो।

सुदूरपश्चिममा सहुलियत कर्जा ७ अर्ब ५३ करोड प्रवाह भएको छ। जबकी आर्थिक वर्ष २०७६/७७ मा सहुलियतपूर्ण कर्जा वितरणको अंश १ अर्ब ९५ करोड मात्र थियो।सुदूरपश्चिमका ९ वटै जिल्लामा सहुलियतपूर्ण कर्जा वितरण भएको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार दार्चुलामा १३ करोड ६० लाख, बैतडीमा १३ करोड ४९ लाख, डडेल्धुरामा २७ करोड, कञ्चनपुरमा १ अर्ब ६४ करोड ३० लाख, बझाङमा १५ करोड २० लाख, बाजुरामा ३ करोड ६० लाख, डोटीमा २५ करोड ९० लाख, अछाममा ९ करोड १० लाख तथा कैलालीमा १ अर्ब ८० करोड ९० लाख सहुलियत कर्जा प्रवाह भएको छ।