ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

32

काठमाडौं पुस ११ गते ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेल संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।अंकतालिकामा संकटा चौंथो स्थानमा रहेको छ । उसले ५ खेलमा ९ अंक जोडेको हो । त्यसैगरी १० औँ स्थानमा रहेको ब्रिगेडले पाँच खेलेर ५ अंक जोडेको हो ।

संकटालाई हराएर ब्रिगेड अंक तालिका सुधारको योजनामा रहेको छ । आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । थ्री स्टार र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।