भारतको नयाँ दिल्लीमा आजदेखि कर्फ्यू

100

काठमाडौं पुस १२ गते ।
कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यू लगाइने भएको छ ।

दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लगाउने घोषणा गरेको हो । हिंजो दिल्लीमा २९० जना नयाँ संक्रमित फेला परेको र एक जनाको मृत्यु भएपछि सरकारले रात्रीकालीन कर्फ्यू लगाउने निर्णय गरेको हो ।

त्यसको अघिल्लो दिन दिल्लीमा संक्रमितको संख्या २४९ जना थियो । संक्रमण दर निरन्तर बढ्दै गएकाले पूर्व सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ ।