‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै

24

काठमाडौं पुस १७ गते ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आज तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जवालाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ । मनाङ र ब्रिगेडबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ । ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । दशरथ रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा र च्यासलबीचको खेल पौने पाँच बजे सुरु हुनेछ । संकटा क्लब ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।