इन्द्रपुरका तीन वर्षीय बालक तलाउमा मृत फेला

45

बाँके पुस १८ गते ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका तीन वर्षीय बालक तलाउमा मृत अवस्थामा फेला परेका छन् ।

पुष १३ गते अपरान्ह खेल्दा खेल्दै हराएका निशार मोहम्मद शेषका तीन वर्षीय छोरा अक्सत गएराती तलाउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तिले जानकारी दिनुभयो । ५० मिटर फरकमा दुईवटा तलाउ छन् ।

तलाउमा डुवेको आंशकामा प्रहरीले जेनेटरबाट पानी सुकाएर खोजतलास गर्दा राती ९ बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक घर्तिले बताउनुभयो ।