एमाले रोल्पा सचिव रोकाको हृदयघातबाट निधन

22

रोल्पा पुस २२ गते ।
नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ। ४७ बर्षीय रोकालाई हृदयघात भएको थियो ।

उपचारमा लैजाने क्रममा उनको निधन भएको हो ।
उनी रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी हुन् ।

रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको एमाले केन्द्रीय कार्यालयले उल्लेख गरेको छ ।