अखिल नेपाल राष्ट्रिय किसान महासंघ बाँकेको अध्यक्षमा एकराम

39

बाँके पुस २२ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) निकट अखिल नेपाल राष्ट्रिय किसान महासंघ बाँकेको गठन गरिएको छ ।

नेपालगन्जमा एक कार्यक्रम गर्दै एकराम खाँको अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल राष्ट्रिय किसान महासंघ बाँकेको गठन गरेको हो ।

नेकपा एकीकृत समाजबादी पोलिट ब्यूरो सदस्य तथा अखिल नेपाल राष्ट्रिय महासंघका उपाध्यक्ष निर्मल सुबेदिको प्रमुख आतिथ्यतामा र महासंघका सदस्य भद्र प्रसाद देभकोटाको अध्यक्षतामा बसेको भेलाले महासंघ बाँकेको गठन गरेको छ ।

आज गठन भएको महासंघ बाँकेको उपाध्यक्षमा संजय थापा, सचिवमा प्रेम थापा, सहसचिवमा सुनिता घर्तिमगर, बद्री बहादुर यादब चयन भएका छन् ।

भेलामा नेकपा एकीकृत समाजबादी बाँकेका जिल्ला इन्चार्ज असोक कोइराला, सह-इन्चार्ज अब्दुल हुसेन खा लगायतको सहभागीता रहेको नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार बिभाग प्रमुख करिश्मा योगीले जानकारी दिनुभएको छ ।

बाँकेमा नेकपा एकीकृत समाजबादीले आफ्नो संगठन बिस्तारको काम तिब्रताका साथ अगाडी बढाएको छ भने पार्टी निकट भातृ संगठनहरुको समेत गठन र पुर्णतालाई तिब्र पार्दै गएको छ ।