Home मुख्य समाचार पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्नेः पुन

पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्नेः पुन

49

बाँके पुस २३ गते ।
नेपाली कांगे्रस लुम्बिनीका सभापति अमरसिंह पुनले लुम्बिनी कांग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनु भएको छ ।

नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली कांग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मुल्यांकन गरिने बताउनु भयो ।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी कांग्रेसको आगामी योजनाका विषयमा बताउनु भएको हो ।

उहाँले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउनु भयो । पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरेको जिकिर गर्नुभयो ।

error: Content is protected !!