कोरोना सम्बन्धि जनचेतना फैलाउदै गरीब तथा बेरोजगार संघ

35

बाँके पुस २९ गते ।
गरिब तथा बेरोजगार कल्याण संघ बाँकेले बुधबार कोभिड १९ सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ

संघका अध्यक्ष साहबुद्दिन खान ECHO Nepal फाउन्डेसनका अध्यक्ष करण शाहको संयुक्त आयोजनामा बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोनाको पहिलो चरण , दोस्रो चरण पार गर्दै तेस्रो चरणको नयाँ भेरियण्ट नयाँ प्रजातिको ओमिक्रोन भाइरलले बिकराल रुप लिइसकेको हुनाले बाँके बासी पनि यी समस्याबाट ग्रसित भएको हुदा संघ को संयुक्त आयोजनामा आमसमुदायमा मास्क सेनिटाइजर बितरण गर्ने कार्यक्रम जनचेतनामूलक कार्यक्रम गरेको हो।

कार्यक्रममा मास्क बितरण गणेश चोक बाट सुरु भएको हो। कार्यक्रमलाई सहयोग गर्ने दातृ सस्था नेपाल प्रहरी सामुदायिक सेवा केन्द्र बाँके हरपल होलिस्टिक सेन्टर बाँके सेन्स नेपाल लगायत अन्य सस्थाहरुले सहयोग गरेका थिए।

जनचेतनामूलक कार्यक्रममा सबैको सहयोग मिलेको जस्ले गर्दा तेस्रो चरणको कोरोना लाई न्यूनीकरण गर्न सहयोग पुगेको भन्दै संघका अध्यक्ष शाहले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ।