
विष्णु अधिकारी
बर्दिया मंसिर २० गते । बेलैमा काम सम्पन्न नगर्ने, गुणस्तरीय काम नगर्ने भन्दै आलोचित हुने गरेका निर्माण व्यवसायीहरु पछिल्लो समय सामाजिक उत्तरदायित्व वहन गर्न थालेका छन् । यसैको पछिल्लो उदाहरणको रुपमा बर्दियाका एक युवा व्यवसायी भने सामाजिक उत्तरदायित्व समेत वहन गरेका छन् । यसै क्रममा बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ मा पर्ने भगतपुर देखि खाता जोड्ने करिब ४ सय मिटर ग्राभेल सडक निशुल्क निर्माण गरेर ब्ल्याकबक कन्ट्रक्सनका प्रोप्राइटर विमल के.सी. यसको उदाहरण बनेका छन । के.सी. ले ४ लाख मुल्य बराबरको माटो पटान गरी ग्राभेल गरेपछि वडाबासीलाई आवागमनका लागि सहज भएको मधुवन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नारायण मल्लले बताए । वडा कार्यालयको बजेटले अपुग भएपछि वडाध्यक्ष मल्लले ग्राभेलको गर्न केसीलाई आग्रह गरेपछि उनले खुला मनले उदाहरणीय कार्य गरेको अध्यक्ष मल्लले बताएका छन् । सबै निर्माण कम्पनीहरुले यस्ता किसिमका सामाजिक उत्तरदायित्व बहन गरेमा विकास निर्माणका लागि राज्यको मुखमात्र ताक्न नपर्ने उनको भनाई छ ।

यसैक्रममा श्री बालकुमारी सामुदायिक वन उपभोक्ता समुह मधुवन वडा नं. ३ ले स्वच्छ पानी र स्वस्थ जिवनका लागि निशुल्क फिल्टर तथा सम्मान कार्यक्रममा युवा व्यवसायी के.सी. लाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत बालकुमारी सामुदायिक वनमा आवद्ध ५० घरधुरीलाई स्वच्छ पानी पिउनका लागि फिल्टर वितरण गरेको छ । उक्त सामुदायिक वनले अपुग भएको फिल्टर अन्य नपुगेका घरधुरीलाई क्रमश वितरण गर्दै जाने सामुदायिक वनका अध्यक्ष मस्त बहादुर के.सी. ले उक्त कार्यक्रममा जानकारी गराएका थिए । यसै क्रममा सामुदायिक वनमा योगदान पुर्याएका ७ जना तथा ज्येष्ठ नागरिक, एकल महिलालाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ ।
धेरै राम्रो काम । सबैले यसरी गर्ने हो भने हाम्रो मधुवन, राम्रै मधुवन बन्न बेर लाग्दैन। उहांको सहयोगी भावनाको कदर गर्दै बधाई तथा धन्यवाद दिदछौ।
Like!! Great article post.Really thank you! Really Cool.
I’ve learn some excellent stuff here. Definitely value bookmarking for revisiting.
I surprise how so much attempt you set to create the sort of great informative site.
WOW just what I was searching for. Came here by searching for meta_keyword|